×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकमा सामान्य सुधार, खुद नाफा ७.१२ प्रतिशतले वृद्धि !

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकले खुद नाफा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ७.१२% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । 
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ११.२१% र ७.१२% बढेको छ । गत वर्ष १ अर्व ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर १ अर्व ८३ करोड रुपैयाँ पुर्याएको छ । साथै सञ्चालन नाफा पनि १ अर्व ६५ करोड रुपैयाँबाट बढेर १ अर्व ७५ करोड रुपैयाँ पुगेको छ । 
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको छ । यता, जगेडा कोषमा भने २७.५६%ले घटेर ५ अर्व ९ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यहि अवधिमा जगेडा कोषमा ७ अर्व ३ करोड ९८ लाख रुपैयाँ रहेको थियो। यो पुसमसान्त सम्म बैंकले ८० अर्व ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्व २९ करोडमा कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप संकलन २२.०६% र कर्जा लगानी ६.५२% ले बढेको हो । 
सो अवधिसम्ममा बैंकको खराव कर्जा थोरैले घटेर ०.१७% पुगेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.२०% रहेको थियो । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसाले बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १७९ रुपैयाँ ०३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: