×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा १६.३९%ले वृद्धि गरी कमायो २ करोड २ लाख ५९ हजार रुपैयाँ !

काठमाडौं – युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १६.३९%ले वृद्धि गरी २ करोड २ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद बिमा शुल्क पनि १३.०८%ले बढेको छ । गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष बढाएर १७ करोड ६१ रुपैयाँ पुर्याउन सफल भएको छ ।  यस्तै, कम्पनीले कुल १० करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम कुल  ३८ कराड २९ लाख रुपैयाँ रहेको छ । 
यो पुसमसान्तसम्ममा कम्पनीले जीवन बिमा कोष पनि ९.५७% ले बढाएर ३३ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष जीवन बिमा कोषमा ३० करोड ६८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले महाविपत्ति कोषका लागि पनि ६९ लाख १४ हजार रुपैयाँ छुट्याएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८० लाख रहेको छ जगेडा कोषमा १० करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: