×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

७ सय ४५ स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, अझै ८ तहमा पुगेनन्

काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४५ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले ७ सय ४५ स्थानीय तहमा शाखा विस्तार गरेका हुन् ।
तर, अझैँ पनि ८ स्थानिय तहहरु बैंकका शाखाविहिन नै छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार कुल ७ सय ४५ स्थानिय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
उच्च हिमाली तथा अति विकट स्थानका रहेका ८ स्थानीय तहमा शाखा पुर्याउन समस्या भईरहेको जनाइएको छ । यता, नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश १ का कूल १३७ स्थानीय तहमध्ये १ तहमा मात्र बैंकको शाखा पुग्न सकेको छैन । १३६ स्थानीय तह रहेको प्रदेश नं २ का १३५ तहमा बैंकका शाखा पुगिसकेका छन् । भने अब १ तहमा मात्र बैंकको शाखा पुग्न बाँकि छ । 
त्यसैगरी वाग्मती प्रदेशमा रहेका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । यस प्रदेशको पनि १ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन । 
प्रदेश नं ५ का भने सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । यस्तै कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ मा वाणिज्य बैंकका शाखा खुलेका छन् । यस प्रदेशका २ स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकि रहेको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: