३.५० प्रतिशतले घट्यो देवः विकास बैंकको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ - देवः विकास बैंकले चालु आर्थिक वर्षको दोस्रोमा खुद नाफा घटेको वित्तीय वितरण सार्वजनिक गरेको छ । बैंकले १८ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको वित्तीय वितरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा गत वर्षको तुलनामा ३.५० प्रतिशतले थोरै हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा २२ अर्ब ४२ करोड २५ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २५ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा कायम भएको छ । चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । साथै जगेडा कोषमा ५८ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

पुस मसान्त सम्ममा बैंकले ५६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा २६ करोड ३५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०७ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 

बैंकको आधार दर ११.०२ प्रतिशत र स्प्रेड दर ५.१४ प्रतिशत रहेको छ। 
प्रकाशित मिति : Thursday, February 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal