६२ करोड ७४ लाख रुपैयाँ रिजर्भ कोषमा रहेको गरिमा विकास बैंकको खुद नाफा १०.०२% ले बढ्यो...!

काठमाडौं - गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासमा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

गरिमा विकासको यो नाफा गत वर्षको भन्दा १०.०२% ले धेरै हो । गत वर्ष बैंकले २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २०.२०% र १०.०२% ले बढेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा रहेको छ । रिजर्भ कोषमा ६२ करोड ७४ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

३३ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको गरिमाले ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपयाँ रहेको छ ।
प्रकाशित मिति : Sunday, February 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal