×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घुस लिएको आरोपमा सहायक वन अधिकृत र कार्यालय सहयोगी पक्राउ !

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहीबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: