×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार सिकाउँदा एकको मृत्यु, कृषि विकास बैंकका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कार सिकाउँदा एकको मृत्यु, कृषि विकास बैंकका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते…

काठमाडौँ – कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 
दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते हुनुभएको छ । बा६प ९१९९ नंको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: