×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले ९.९३ प्रतिशतले बढायो नाफा, प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा हुँदा प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं – मुक्तिनाथ विकास बैंकको आर्थिक वर्ष २०७६/७७को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भएको छ । बैंकले ४७ करोड २५ लाख १२ हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको हो ।बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.९३% ले धेरै हो ।
मुक्तिनाथले गत वर्षको यसै अवधिमा ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्त सम्ममा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा वार्षिक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिसम्म आउदा बैंकको वितरणयोग्य नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढाएको छ । बैंकका यी दुई सूचक क्रमशः १९.५४% र ८.६६% ले बढेका हुन् । 
पुस मसान्तसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको बेस रेट ११.१८% रहेको छ । चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ७९ करोड ९८ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: