×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । 
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले जारी गरेको ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ ।
बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: