×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको छ’ – अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताउनुभएको हो । उहाँले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यस अनुरुपमा नीतिहरु समेत ल्याएको बताउनुभयो । 
उहाँले नयाँ प्रविधि भित्रदै गर्दा अर्थतन्त्रमा चुनौति पनि बढ्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार सक्षम रहेको समेत बताउनुभयो । अहिलेको एजेण्डा डिजिटल करेन्सीको नभएपनि भविश्यमा यसको आवश्यकता पर्ने र त्यसका लागि डिजिटल भुक्तानीको व्यवस्था गर्दै रियलटाईम सेटलमेन्टमा जानुपर्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: