×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुद ब्याज आम्दानीसँगै घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा, यस्तो छ कारण…!

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले १५.६६% ले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको हो । गत वर्ष यस अवधिमा खुद नाफा १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ कमाएको बैंकले यस वर्ष १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ मात्र कमाएको छ ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकमा गिरावट आएको छ । जस कारण खुद नाफामा असर परेको देखिन्छ । यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७.५४% ले घटेर ३ अर्ब ६ करोड ३३ लाख ५५ हजार रुपैयाँमा कायम भएको छ । साथै सञ्चालन नाफा पनि १६.२७% ले घटेर २ अर्ब ३८ करोड ८ लाख ८० हजार रुपैयाँमा कायम छ । बैंकको खराब कर्जा पनि बढेको छ ।

त्यसैगरी पुस मसान्तसम्ममा १ खर्ब ४९ अर्ब ९५ करोड निक्षेप सङ्कलन गरी १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । १४ अर्ब २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित रहेको वित्तिय विवरणमा उल्लेख छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ।


यस्तै खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसामा आएको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ०३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: