×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा प्राइम र कैलाशलाई मर्जरको अन्तिम स्वीकृति, २ हप्ताभित्र एकीकृत कारोबार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकद्वारा प्राइम र कैलाशलाई मर्जरको अन्तिम स्वीकृति, २ हप्ताभित्र एकीकृत कारोबार !

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार प्राइम र कैलाशले करिब डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र बैंकमा आवेदन दिएकोमा ‘प्राइम र कैलाशको मर्जरलाई हामीले अन्तिम स्वीकृति दिएका हौँ’। 
यी दुइ बैंकबीच गत असार २० गते मर्जर सम्बन्धि सैद्दान्तिक समझदारी भएको थियो । यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
यी दुईबीच ढिलोमा २ हप्ताभित्र एकीकृत कारोबार हुने बताइएको छ । कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्नेछ।  २०० वटा शाखा सञ्जाल पुग्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: