×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्रोत नखुलेको १९ लाख रकमसहित दुई जना रौतहटबाट पक्राउ, थप अनुसन्धान जारी !

काठमाडौँ – १९ लाख एक हजार १५० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको टोलीले १९ लाख एक हजार १५० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमार रहेका छन् ।
सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त रकमसहित ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले जानकारी दिए । 
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: