कोरोना सन्त्रास : अति प्रभावित देशबाट आएका ६ जनालाई कपिलवस्तुमा क्‍वारेन्टाइनमा राखियो

कपिलवस्तु - कपिलवस्तुमा ६ व्यक्तिलाई क्‍वारेन्टाइनमा राखिएको छ । कोरोना प्रभावित देशबाट आएका ६ व्यक्तिलाई क्‍वारेन्टाइनमा राखिएको हो । क्‍वारेन्टाइनमा भारतबाट आएका ४३ वर्षीय इन्दिरा देवकोटा र उनका छोरीहरु मुना र कविता देवकोटा, मुम्बईबाट आएका दुई जना र साउदी अरेवियाबाट आएका एक जनालाई तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा राखिएको बताइएको छ ।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा . किशोर बन्जाडेले दिएको जानकारी अनुसार मुम्बईबाट आएका साबुद्दिन खान र कृष्ण गोपाल कलवारलाई क्वारेन्टाइनमा राखिएको हो । साथै साउदी अरेवियाबाट आएका सत्य राम कलवारलाई पनि थप चेकजाँचका क्वारेन्टाइनमा राखिएको उनले बताए । 

क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरुलाई केही दिनक निरन्तर चेकअप र स्वास्थ्य अवस्थाको पहिचानपछि घर फर्काउने वा थप प्रक्रिया अघि बढाउने टुंगो लाग्ने पनि डा. बन्जाडेले बताए । विश्वका १९० बढी देशमा अहिले कोरोना भाइरस फैलिसकेको छ भने नेपालमा पनि  एक जना महिमामा कोरोना पोजेटिभ देखिईसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal