×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाको कहर : १ सय ८८ देशमा फैलियो, इटालीमा मात्र मृत्यु हुनेको संख्या ५ हजार नजिक…

काठमाडौँ – कोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमण १ सय ८८ देशमा फैलिएको छ। यसबाट इटलीमा मृत्यु हुनेको संख्या लगातार बढेको छ। पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ७ सय ९३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। 
समाचार एजेन्सीका अनुसार कोरोनाको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १३ हजार १७ पुगेको छ। इटलीमा हिजो ६ हजार ५ सय ५७ नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ। स्पेनमा पनि मृत्यु हुनेको संख्या बढेको छ। स्पेनमा हिजो एकै दिन २८५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ । 
त्यस्तै इरानमा हिजो १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ५ सय ५६ पुगेको छ भने संक्रमितको संख्या २० हजार ६ सय १० पुगेको छ। अमेरिकामा हिजो ६० जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ४ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या २४ हजार नाघेको छ। त्यस्तै हिजो फ्रान्समा ११२, स्वीट्जरल्याण्डमा २४, बेलायतमा ५६, नेदरल्याण्डस्मा ३०, बेल्जियममा ३० तथा दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको छ। 
भारतमा पनि संक्रमितको संख्या लगातार बढेको छ । हिजो एकै दिन ८३ जना संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या ३ सय ३२ पुगेको छ। भारतमा हालसम्म ५ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या ३ लाख ४ हजार ९ सय ९९ पुगेको छ । संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९४ हजार ७ सय ९८ पुगेको छ। -एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: