×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अब जुनसुकै बैंकको एटीएमबाट नि:शुल्क पैसा झिक्न सकिने

काठमाडौं – जुनसुकै बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा शुल्क नलाग्ने भएको छ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले यस्तो निर्णय गरेका हुन् । यसअघि एउटा बैंकको एटीएम प्रयोग गरेर अर्को बैंक वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्थ्यो ।
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल वित्तीय संस्था संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 
बैंक नोटबाट पनि कोरोना भाइरस संक्रमण हुन सक्ने तथा सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कनु भन्ने लगायतका निर्णय कार्यान्वयन गर्न गराउन सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।
यस्तै, इन्टरनेट-मोवाइल लगायतका विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै पनि शुल्क नलाग्ने संघहरुले निर्णय गरेका छन् । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवा पनि निशुल्क गरिएको छ । यस्तो सवै प्रकारका निशुल्क सेवाहरु निश्चित अवधिको लागि भएको र शुल्क लाग्ने भएपछि अर्को सुचना प्रकाशित गरिने संघको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: