×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएम बुथहरुमा छैन सेनिटाईजर…! गार्डहरु भन्छन्, ‘ग्राहक र हामी दुबैलाई जोखिम भयो’ (भिडियो रिपोर्ट)

काठमाडौँ । देशभर लकडाउन हुँदा जनतालाई सबैभन्दा बढी चाहिन सक्ने चीज हो एटिएम । यहि एटिएम बुथहरुको अवस्था कस्तो छ त रु हामी यसैबारे मिडिया अनुगमनु गर्न हाम्रो कार्यालय वरपरका एटिएमहरुमा पुग्यौँ । अनुगमनका क्रममा एउटा सार्है जटिल कुरा फेला पर्यो । हामीले अनुगमन गरेका कुनै पनि एटिएम बुथहरुमा सेनिटाईजर छैन । 
सनराइज बैंकको तिनकुनेस्थित बुथ निकै फोहोर छ । भित्र कसैले केहि फालेर कुहिएजस्तो गन्हाईरहेको छ । झट्ट हेर्दा यस्तो अवस्थामा त्यहाँ जोखिम छ । ग्लोबल आइएमइ बैंकको तिनकुनेस्थित एटिएम एकदम ठिक छ । त्यहाँबाट प्रभु बैकको एटिएम झिकेर पैसा निकाल्दा कुनै पनि पैसा काटिएन । एनएमबि बैंकको एटिएम पनि ठिकठाक छ । तर स्वास्थ्यको ख्याल गरिएको छैन । सेनिटाइजर छैन । बुथभित्र छिर्दा मास्क खोल्नु भनिएको छ । त्यो सूचना भने नराखिदिएको भए हुने थियो । यो कोरोना प्रकोपका बेला निकै संबेदनशील कुरा हो तर कसैको यसतर्फ ध्यान गएको देखिंदैन।
मेगाको एटिएम पनि ठिक छ । यहाँबाट पनि अर्को बैंकको एटिएम राखेर पैसा झिक्दा कुनै पैसा काटिएन । बिपतका बेला एटिएममा पैसा भरिदियेरा बैंकहरुले राम्रो काम गरेका छन् । तर कोरोना संक्रमणको रोकथामका लागि भने हुनुपर्ने जति सचेत भएको देखिएन ।
अर्कोतर्फ बैंकर्स संघले कुनै पनि बैक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने भनेको छ । तर हामीले वाणिज्य बैंकको एटीएमबाट प्रभु बैकको एटिएम छिराएर ६५०० रुपैयाँ झिक्न खोज्दा हामीलाई ४०० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने बताइयो । यो सरासर ठगी हो ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: