कोरोना रोकथामका लागि कृषि विकास बैंकले गर्यो एक करोड २५ लाख सहयोग

काठमाडौं - कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनले कोरोना विरुद्धको संघर्षमा सबै नागरिकले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।

नेपालमा कोरोनाको संक्रमण देखिएकाले अब हरेक नेपालीले होम क्वारेन्टाइनमा बसेर जोगिने तर्फ लाग्नुपर्ने धारणा पनि राखे ।
प्रकाशित मिति : Monday, March 23, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal