×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोनाले अड्कायो अरुण तेस्रो जलबिद्युतको काम, ३५ प्रतिशत काम सकिएपछि पूरै प्रोजेक्ट ‘लकडाउन’

खाँदबारी – अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको त्रासले संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको जलविद्युत् परियोजनाको काम स्थगित भएको हो । कोरोना भाइरस संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले मंगलवारबाट लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित भएको जनाएको छ ।
भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मंगलवारबाट स्थगित गरेको कम्पनीका सीईओ अरुण धिमानले जानकारी दिए । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् ।
सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युतगृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न भइसकेको छ । 
९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको दिदिङमा पटेल ईञ्जिनीयरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन् ।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि रू.१ खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । 
यस आयोजनाबाट नेपालले २५ वर्षमा रू.३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पीडीएमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: