×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अष्ट्रेलियामा नेपाली युवाबीच ‘ग्याङ फाइट’, एकजनाको मृत्यु, ४ नेपाली पक्राउ !

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको ज्यान गएको अष्ट्रेलियन सञ्‍चारमाध्यले जनाएका छन् । गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। 
बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिका थिए। लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा एकजनाको मंगलबार मृत्यु भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताएका छन्। घटनामा संलग्‍न रहेको भन्दै प्रहरीले चारजना नेपाली युवकलाई पक्राउ गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: