×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनमा उपत्यका भित्र र बाहिर कुन बैंकका शाखा कहाँ-कहाँ खुल्दैछन् ? (सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित)

काठमाडौं । सरकारले एक हप्ते लकडाउनको घोषणा गरेको आज (बिहिबार) ३ दिन भएको छ । सरकारले लकडाउनको घोषणा गरेसँगै अत्यावश्यक कुराहरुले सेवा दिने जनाएको थियो । सोही अन्तर्गत बैंकिङ सेवा पनि परेको छ । लकडाउनको अवधिमा बैंकहरुले पनि सेवा दिने जनाएका छन् । बैंकहरुले खुल्ला रहने शाखा र सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर आफ्नो आफ्नो वेवसाइडमार्फत् सार्वजनिक गरेका छन् ।जसले गर्दा अब ग्राहकहरुले यस्तो अवस्थामा पनि बैंकमा राखेको नगद सहजै निकाल्न पाउनेछन् ।
बैंकर्स संघका अनुसार लकडाउन अवधिमा डिजिटल कारोबारका लागि र बैंकबाट रकम जम्मा गर्न, झिक्न, एलसी, बैंक ग्यारेन्टी जस्ता प्रयोजनका लागि मात्र न्यूनतम दैनिक २ घण्टा बैंकले सेवा दिनेछ ।  एटिएम सेवा नभएका ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बैंक शाखा खोल्न बैंकर्स संघले राष्ट्र बैंकको निर्देशनमा आफ्ना सदस्यहरु भनिसकेको छ ।
हेर्नुहोस लकडाउनमा कुन बैंकका कुन शाखा खुल्छन् र कस्लाई सम्पर्क गर्ने ?
प्रभु बैंकले  केन्द्रिय कार्यालय बबरमहल, जावलाखेल र कौशलटार शाखा खुल्ला राख्ने जनाएको छ भने उपत्यका स्थानीय प्रशासनले अनुमति दिए बमोजिम शाखा खुल्ला गर्ने बताएको छ । बैंकले आजै आफ्नो वेवसाइडमा खुल्ने शाखा, कर्मचारीहरुको नाम र सम्पर्क नम्बर राख्ने  जानकारी दिएको छ । माछापुच्छ्रे बैंकले पनि सात प्रदेशका १२ वटा शाखा ११ बजेदखि २ बजेसम्म कार्यालय सञ्चालन गर्ने जनाएको छ । यस बैंकले खुला रहरे शाखा कार्यलयका १४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
यस्तै सेन्चुरी बैंकले खुल्ला रहने शाखा कार्यलयको नाम र २१६ जना कर्मचारीहरुको नामवाली र उनीहरुको सम्पर्क नम्बर सार्वजनिक गरिसकेको छ । सानिमा बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागि जम्मा ७९ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । बैंकले ११ बजेदेखि दिउँसो १ बजे सेवा दिने जनाएको छ । एनआइसी एशिया बैंकले उपत्यकाभित्र भत्तपुर, कौशलटार, थापाथली, पुल्चोक र कमलादी शाखाबाट सेवा दिने भने उक्त शाकाका  सम्बन्धित कर्मचारीको नाम र नम्बर पनि वेवसाइडमा सार्वजनिक गरेको छ । यस्तै उपत्यकका बाहिर खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर राखेको छ । 
ग्लोबल आइएमइ बैंकले बुधबार ७ वटा शाखा खोलेको थियो भने बिहिबार आज कान्तिपथ शाखा खोलेको छ । बैंकका सीइओ परशुराम कुँवर क्षेत्रीले अरु स्थानबाट पैसा निकाल्नु परेमा आफ्नो सम्पर्क नम्बर बैंकलाई दिनुपर्ने र बैंकले आफै ग्राहकलाइ फोन गरेर बोलाउने बताएका छन् ।  उपत्यका बाहिर भने सम्बन्धित प्रदेशका प्रमुखहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर शाखा खोल्न निर्देशन दिइएको क्षेत्रीले बताए । त्यसैगरी, सिटिजन्स बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर राखेको छ । एनबी बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर वेवसाइडमार्फत सार्वजनिक गरेको छ ।
साथै सनराइज बैंकले भिसा र डेबिट कार्ड, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा सपोर्टका लागि उपत्यक भित्र र बाहिरका लागि ५ जना कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । मेगा बैंकले पनि ७ वटा प्रदेश कार्यलयको र उपत्यका भित्र र बाहिरका गरेर २९ वटा शाखा कार्यलय गरी जम्मा ३८ जना कर्मचारीको नाम र सम्पर्क नम्बर वेइबसाइटमार्फत सार्वजनिक गरेको छ । राष्टिय वाणिज्य बैंकको रामशाहपथ स्थित कर्पोरेट कार्यालय र सरकारी कारोबारका लागि सिंहदरबारभित्रको शाखा बिहानको १० बजेदेखि दिउँसोको १ बजेसम्म खोलेको छ । उपत्यका बाहिर भने स्थानीय सरकारको आदेश अनुसार खोल्ने वा बन्द गर्ने भन्ने सूचना वेवसाइडमा राखेको छ । नेपाल इनभेष्टमेन्ट बैंकले उपत्यका भित्र दरबारमार्ग, लगनखेल र सिपाडोल शाखा कर्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र उपत्यका बाहिरका शाखा कार्यलयहरु बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म खुल्ला हुने जनाएको छ । यस बैंकले कर्मचारीहरुको नामावली र सम्पर्क नम्बर  सार्वजनिक गरेको छैन । 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ बनेश्वर शाखामात्र बिहान १० बजेदखि दिउँसो १ बजेसम्म खोल्ने सुचना सार्वजनिक गरेको छ भने कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छैन । यस्तै सिद्धार्थ बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा १८२ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यलयको नाम सार्वजनिक गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: