×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसोलेसनमा मृत्यु हुनुअघि श्रीमतीसँग बाबुरामको सम्बाद, ‘खाना पिरो दियो…अह, अह, अह…’

काठमाडौँ । बुटवलको आइसोलेसनमा मृत्यु भएका बाबुराम थापा वैदेशिक रोजगारीको सिलसिलमा दुबई पुगेका थिए । ३७ वर्षीय थापा चैत ६ गते सैनामैना नगरपालिका-४ सिसौडाँडास्थित डेरामा आएका थिए । घरमा आएकै दिन उनलाई ज्वरो थियो । जाँच गर्दा उनलाई टाइफाइड देखियो । उनले त्यसैको औसधि खाए । 
फेरी छिमेकीले सुझाए- ‘एकपटक कोरोनाका लागि परीक्षण गर।’ त्यसपछि उनी विद्युतीय रिक्साको प्रयोग गर्दै बुटवलको धागो कारखानामा रहेको अस्थायी आईसोलेसन अस्पतालमा भर्ना भए ।
श्रीमतीसँगको अन्तिम सम्बाद 
श्रीमतीसँग अन्तिम दिन कुरा गर्दै उनले भनेका थिए, ‘औषधि चलेको छ तर खाना पिरो दिएका छन्। अह, अह, अह’ गर्दै उनले स्वास लिन गाह्रो भएको बताएका थिए। अस्पतालले दिउँसो उनको मृत्यु भएको घोषणा गर्‍यो । बावुरामका श्रीमती रीता, ८ वर्षका र ६ वर्षका २ छोरा छन् । पाल्पा रिब्दिकोट गाउँपालिका-५ मा स्थायी घर भएका बावुराम सैनामैनामा कोठा भाडामा लिएर बसेका थिए । उनी कृष्णप्रसाद ज्ञवालीको घरमा १ वर्षदेखि बस्दै आएको घरभेटी ज्ञवालीले बताए ।
(घरभेटी ज्ञवालीसँगको कुराकानीमा आधारित)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: