×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सीइओहरुलाई प्रश्न : गरिबका छोराछोरीलाई टेलरमा राख्नी ? आफुचाहीं घरमा सुतेर बस्नी ? निमुखालाई हेप्नी ?

  • सम्पादकीय 
‘अत्यावश्यक’ सेवा भनेर बैंकहरुले विभिन्न शाखाका ‘ट्रेलर’हरु खोलेका छन् । सीइओहरु घरमा बसेर आदेश दिइरहेका छन् । हुन पनि, सरकारले घरमै बस भनेको छ । तर गरिबका छोराछोरीहरुलाई ट्रेलरमा राखेर जुन मानसिक तनाव बैंकका कर्मचारीहरुले भोगिरहेका छन्, त्यो गलत छ । सरकारले देश ‘लकडाउन’ गरेको छ । कोहि पनि काउन्टरमा आउनेवाला छैन । आइनै हाल्यो भने उसको स्वास्थ्यस्थिति ठिक छ भनेर कसरी ‘इन्स्योर’ गर्ने ? कसरी कन्फर्म गर्ने ? ट्रेलरमा बस्नेसँग गतिलो मास्क छैन । यहाँबाट कोरोना सर्यो भने को जिम्मेवार हुन्छ ?
अफ्रिकाको एउटा उदाहरण मनन गरौँ । भाइरस सरेकाहरुमध्ये ६० प्रतिशतलाई भाइरस सार्ने एउटी महिला थिइन् । नेपालमा यस्तै भयो भने के हुन्छ ? बेलैमा बिचार गर्नुपर्छ ।    
भन्नलाई बैंक अत्यावश्यक सेवा भनिएको छ । तर काउन्टर ई खोल्नुपर्नेगरी कसलाई के आवश्यक छ र ? एटिएम छँदै छ नि ! ल कसैसँग एटिएम छैन रे ! उ बैंक आउन सक्ने अवस्था छ र ? जरुर छैन । बैंकबाट पैसा निकाल्न हिंडेको भन्यो भने प्रहरीले फर्काइदिन्छ । अनि किन खोल्ने बैक ? अर्कोतर्फ  बैंकहरुले कतै-कतै मात्र शाखा खोलेका छन् । को आउँछ त्यस्ता शाखामा ? अलिकति बुद्धी चलाउनु पर्दैन ? संकटका बेला जे मन लाग्छ त्यहि गर्ने ? मानौँ म सिटिजन्स बैंकको कारोबारी हुँ । बैंकले कर्पोरेट ब्रान्च खोलेको होला रे ! म कोटेश्वरमा बस्छु, कोटेश्वर शाखा बन्द छ, म त्यहाँ जान सक्ने अवस्था छैन । अनि मलाई त्यो शाखा खोल्नु र नाखोल्नुमा के फरक पर्यो र ?  
काउन्टरमा गरिबका छोराछोरी छन् । जसको तलव मुस्किलले २५००० छ । अनि उनीहरुको ज्यान जोखिममा राखेर मनपरी गर्ने ? सरकारले बैंक खोल भनेको छैन । राष्ट्र बैंकले स्पष्ट काउन्टर खोल भनेर निर्देशन दिएको छैन । अनि किन जान्ने हुनुपरेको सीइओहरुलाई ?
बैंकका अधिकांस सीइओ फोनमै अर्डर दिइरहेका छन् । गरिब जनताहरु काउन्टरमा रोगको भयका बीच काम गर्न बाध्य छन् । पैसाबाट कोरोना सर्न सक्ने त्रासका बीच काम गर्नुपरेको छ । राम्रो पन्जा छैन । गतिलो मास्क छैन । छ त केवल, माथिको आदेश छ, मनमा डर छ । न काउन्टरमा ग्राहक आउनेवाला छन्, न कारोबार हुने वाला छ । आउनेवाला छ त बस् हाकिमको फोन । किनकि हाकिमहरुलाई फुर्ती लगाउनुछ । ‘विपतका बेला पनि शाखा खोल्यौँ भनेर अनि गर्नुछ आफ्नै राजनीति ।  
यो बेला शाखाहरु बन्द गरौँ । डिजिटल बैंकिङलाई प्रवर्द्धन गरौं । संकटका बेला डिजिटल बैंकिङ चाहिने रहेछ भनेर बुझाउने यो उत्तम मौका हो । गरिबका छोराछोरीहरुको ज्यान जोखिममा राखेर मनपरी नगरौँ । ७ दिन बैंक बन्द हुँदा केहि फरक पर्नेवाला छैन । पर्छ भने अरु धेरै विकल्प छौँ । जागिर जाने डरले ज्यानको जोखिम मोलेर बैंक आएकाहरुको घरमा कति त्रास होला ? दिनभर पैसा छोएर आएकी छोरीलाई घरमा गरिने व्यवहार कस्तो होला । बेलैमा सोचौँ । वेवकुफ नबनौं ।                          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: