'कन्फ्युज्ड' हुनै पर्दैन, 'लकडाउन' अवधिभरि सबै बैंक बन्द हुन्छन्' : राष्ट्र बैंक

काठमाडौँ । देशभर लकडाउन भएको अवस्थामा बैंक खुल्छ कि बन्द हुन्छ भन्ने कुरामा नेपाल राष्ट्र बैंकका प्रवक्ताको धारणा आएको छ । उनका अनुसार मंगबारदेखि बैंक पनि बन्द हुने भएको छ ।

'सरकारले आदेश दिएपछि मंगलबारबाट घरबाहिर कोही निस्कँदैन । बैंक जाने कुरै भएन र कारोबार पनि हुँदैन । त्यसैले सबै बैंकहरु बन्द नै हुन्छ । सरकारको सूचनामा बैंकिङ कारोबार खोल्न भनिएको छैन । बैंकका कर्मचारी बैंक जान नपाएपछि सेवा दिन सकिन्न ।' अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 

सरकारले सोमबार पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको थियो। 

'तर यसबारे अझै पनि धेरै जनता र बैंकर कन्फ्युज्ड छन् नि ?' हाम्रो प्रश्नमा भट्ट भन्छन्, ''कन्फ्युज्ड' हुनै पर्दैन, 'लकडाउन' अवधिभरि सबै बैंक बन्द हुन्छन्'
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal