×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सिरियस’ बिषयमा ‘रोचक’ बहस : बीमा व्यवसाय कि सेवा भन्ने विषयमा अर्थमन्त्री खतिवडा र प्रेम सुवालको ‘जुहारी’

काठमाडौँ । बेलाबेलामा नेताहरुको रोचक दोहोरी, र जुहारी हेर्न पाइन्छ । अर्थ समितिमा दफाबार छलफल चलेको बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रस्तावनाको विषयमा बहस हुँदा बीमा व्यवसाय हो वा सेवा हो भन्ने विषयमा संसदको अर्थसमितिमा अर्थमन्त्री र सांसद प्रेम सुवालबीच मज्जाको जुहारी चलेको हो ।  उक्त छलफलमा प्रेम सुवालले बीमा गर्न आवश्यक नरहेको दाबी गरेका थिए । 
यस्तो थियो सुवाल र खतिवडाबीच चलेको जुहारी : 
प्रेम सुवाल : बीमा व्यवसाय होइन, बीमा कैसैले व्यवसाय मान्न तयार छैन । व्यवसाय गर्न उत्पादन, बिक्री वितरण आवश्यक पर्छ।
अर्थमन्त्री : बीमा व्यवसाय नै हो । यसलाई व्यवसाय होइन भन्न मिल्दैन।
अर्थ समिति सभापति : बीमा व्यसाय त हो तर सेवासहितको व्यवसाय हो ।
प्रेम सुवाल : बीमा व्यवसाय भन्ने परिभाषा गर्नेलाई पीएचडी अवार्ड दिइयोस् । अर्थशास्त्री बोलाएर छलफल गरियोस् । बीमा व्यवसाय होइन ।
अर्थमन्त्री : जतिसुकै अर्थशास्त्री बोलाए पनि बीमा व्यसाय नै हो । संशोधन गर्नुपर्छ भन्ने सरकार ठान्दैन ।
प्रेम सुवाल : यसरी पेलेर मनपरी कानुन नल्याइयोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: