×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोनाको सन्त्रास : भारतमा १३ जनाले ज्यान गुमाए, महाराष्ट्र र केरला सबैभन्दा बढी प्रभावित, ६०० बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार मात्रै कोरोना भाइरसका कारण ३ जनाको ज्यान गएको भारतका स्थानीय सञ्चार माध्यम जनाएका छन् । बुधबार बिहान ५४ वर्षीय व्यक्तिले ज्यान गुमाएका थिए भने साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । यस्तै बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि उक्त भाइरसका कारण मृत्यु भएको बताइएको छ । जससँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमौनेको संख्या १३ पुगेको हो । 
अहिले भारतका २५ राज्यमा कोरोना भाइरसको प्रकोप २५ फैलिसकेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । भारत सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउन गरेको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । 
पछिल्लो केही दिनयता भारतमा पनि कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: