×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ, एसपी गुरुङ भन्छन् ‘बिना काम घर बाहिर निस्किनेलाई छोड्दैनौं’

चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नेपालमा एक महिलामा कोरोना भाइरसको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेसँगै सरकारले मंगलबार बिहान ६ बजेबाट लागु हुने गरी नेपाल लकडाउन गरेको थियो । सरकारको एक हप्ते लकडाउनको उल्लंघन गर्ने १० जनालाइ प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका १० जना व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको हो ।
यस्तो समयमा कुनै काम बिना घर बाहिर निस्किनेलाइ नियन्त्रणमा लिने उनले बताए  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: