×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका, कति पाइन्छ ब्याज ?

काठमाडौं – सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । बैंकले जारी गरेको  ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: