×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्ता ‘मुर्ख’हरुलाई के भन्ने ? लकडाउन उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको हो । 
अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको र अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए। 
सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलवारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: