×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् कोरोनाबाट संक्रमित धादिङका युवा, ‘मैले बैंक मेनेजरलाई भेटेको हल्ला निराधार हो’

काठमाडौँ । नेपालमा भेटिएका कोरोना संक्रमित युवाले अस्पताल पुग्नुअघि एक बैंकका मेनेजरलाई भेटेर हात मिलाएको भनी आएका खबर निराधार रहेको संक्रमितले बताएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत ती युवा अर्थात उर बहादुर तामाङले चैत ६ गते युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको तर कुनै पनि बैंकका मेनेजरलाई नभेटेको प्रष्ट पारेका छन् । 

कोरोनाबाट संक्रमित युवा धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेमजोङ घर भएका उर बहादुर तामाङ हुन् । सरकारले भने उनको पहिचान लुकाएको छ । यद्यपी पत्रकार सुदीप विश्वकर्माको सम्पर्कमा आएका उनले आफ्नो नाम र पहिचान खुलाए फरक नपर्ने भन्दै आफुले कुनै पनि बैंकका मेनेजरलाई नभेटेको दावी गरेका छन्। 
‘१० महिना अघि म साउदी अरबबाट फर्किएपछि केही साथीलाई पार्टी दिएको थिएँ । अहिले कसैलाई पार्टी दिएको छैन । होटलवालाले गलत हल्ला फैलाएको रहेछ । समाचारमा आएका कुराहरु गलत हुन् ।’ उनले भने ।’अफवाको पछी नलाग्नु, म कोरोनालाई जितेर सकुसल घर फर्कनेछु। ‘ उनले भने ।

अहिले उनले बैंक मेनेजरलाई भेटेको खबर विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि यतिबेला बैंकिङ क्षेत्र तरंगित छ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: