×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वभर कोरोना भाइसबाट २१ हजार २९३ जनाको मृत्यु, कुन देशमा कति पुग्यो ?

जेनेभा – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बिहीवारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । 
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि ४ लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिहरुमा १ लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने ३ लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । 
चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई डब्लुएचओले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि डब्लुएचओले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।     
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना संक्रमित रहेका छन् । ९ हजार ३६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा ३ हजार ६४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५१५ जना संक्रमित रहेका छन् । बिहीवार प्राप्त एक समाचारका अनुसार ५ हजार ३६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २८५ जना संक्रमित रहेका छन् । त्यहाँ ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 
इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना संक्रमित रहेका छन् । ७ हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएको बताइएको छ । जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण २०६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३२३ जना संक्रमित रहेका छन् । यसैबीच ३ हजार ५४७ उपचारपछि निको भएर घर फर्किएका छन् । 
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमण्णका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३६७ जना संक्रमित भने ३९४ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण १ हजार ३३१ जनाको मृत्यु भएको छ । २५ हजार २३३ संक्रमित रहेका छन् भने ३ हजार ९०० उपचारपछि घर फर्किएका छन् । 
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १३१ व्यक्तिको मृत्यु भएको छ ९ हजार २४१ संक्रमित भएका छन् । ४ हजार १४४ उपचारपछि निको भएर घर फर्किएका छन् । 
स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १५३ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८९७ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । 
बेलायतमा कोरोना भाइरस संक्रमणको कारण ४६५ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ५२९ संक्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 
नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण ३५६ व्यक्तिको मृत्यु भएको छ । ६ हजार ४१२ संक्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । ५ हजार ५८८ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण १७८ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ९३७ संक्रमित भएका छन् । यसैबीच ५४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 
नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ ।३ हजार ८४ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 
कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेशियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेशियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बंगलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । 
बिहीवारसम्म संक्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अंगोला, फिजी, हाइटी आदि रहेका छन् । रासस / एपी / सिन्ह्वा / एएफपी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: