अमेरिकी डलरको भाउ १ सय २२ रुपैयाँ पुग्यो, नेपाली रुपैयाँ इतिहासकै कमजोर !

काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकले मंगलबार अमेरिकी डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ । डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको हो । राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय २० रुपैयाँ ६० पैसा तोकेको थियो । अमेरिकी डलरको भाउ बढ्द नेपाली रुपैयाँ भने इतिहासकै सबैभन्दा कमजोर बनेको छ । 

यता भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ । भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ । जसकारण  भारु हालसम्मकै कमजोर भएको बताइएको छ । 

कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ । यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुनाकण भट्टले कोरोना भाइरसको त्रासका कारण पनि डलरको माग बढेर भाउ महँगो भएको बताएका छन् ।
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal