×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : कपिलबस्तुमा बिक्री नभएपछि दुध फालियो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

लकडाउन प्रभाव : कपिलबस्तुमा बिक्री नभएपछि दुध फालियो !

कपिलबस्तु । कपिलवस्तुमा किसानले उत्पादन गरेको दुध नबिकेपछि फालिएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन पछि दुध बिक्री नभएको भन्दै फालिएको हो । वाणगंगा नगरपालीका वडा नं ४ मा रहेको टुईन्स डेरी उद्योगले २ दिनमा गरि १६ हजार लिटल दुधलाई बारीमा फालेका हुन् । 
दुग्ध विकास संस्थानमा दुध विक्रिकालागि लगेपनि नलिएपछि आफुले वाध्य भएर वारिमा फाल्नु परेको संचालक इन्दिरा पौडेलले बताईन् । डेरी उद्योगले नगरका विभिन्न क्षेत्रबातट दुध संकलन गर्दै दुग्ध विकास संस्थालाई उपलव्ध गराउदै आएको छ । यता दुग्ध विकास संस्थान र सरकार विच दुध बोक्ने गाडीलाई नरोक्ने जनाएपनि सहमति अनुसार कार्यान्व्यन नभएपछि आफुले दुध वारीमा फालेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: