×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गाह्रो काममध्ये एक हो, ‘गधालाई घरभित्रै राख्नु’

काठमाडौं । अहिले सरकारले पूरै देश लकडाउन गरेको छ । सरकारले सबैलाई घरमै बस्न आग्रह गरिरहेको छ । तर त्यसलाई अटेरी गर्दै धेरै मानिसहरु घर बाहिर आइरहेका छन् ।  लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमासमेत लिएको छ । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो ३ : ०० बजेसम्म ८९१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । दुई पाङ्ग्रे ७७०, चार पाङ्ग्रे १२१ भन्दा बढी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
यहि बेला माथिको तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।सरकारको निर्णय उल्लङ्घन गरेर घरबाहिर  आउनेहरुलाई ‘गधा’को संज्ञा दिइएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: