आयल निगमको नयाँ नियम, ' अव एक महिनामा एक परिवारले एउटा मात्र ग्याँस पाउने'

काठमाडौँ - अव एक महिनामा एक परिवारले एउटा मात्र ग्यास सिलिन्डर पाउने भएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै नेपाल आयल निगमले यस्तो नीति अघि सारेको हो ।

यस नीतिअनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ । यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal