ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ - साताको कारोबारको तश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ हजारले घटेर प्रतितोला ७५ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ८० रुपैयाँले घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal