×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृह मन्त्रालयद्वारा २६ सह–सचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै २६ जना सह–सचिवको सरुवा गरेको हो । गृहले सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी रहेका छन् । जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् । यस्तै तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।
गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सह-सचिव र उप-सचिवस्तरका प्रजिअ र कामु प्रजिअको हेरफेर गरेको हो । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् । तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: