सरकारी निर्णयलाई हेप्नी ? २५ जनाभन्दा बढी पत्रकारलाई बोलाएर `जात्रा´ गर्नी ?


काठमाडौँ - स्वास्थ्य मन्त्रालयलेनै सरकारको निर्णयको खिल्ली उडाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा देखिएको भिडभाडले २५ जना भन्दा बढी जम्मा हुन नपाउने सरकारी निर्णयको खिल्ली उडाएको हो।

सरकारी पत्रकार सम्मेलनमा पत्रकार र अन्यको उपस्थित हेर्दा लाग्छ त्यहाँ कुनै उत्सब हुदैछ तर त्यस्तो होइन, त्यहाँ कोरोनाको विषयमा स्वास्थ्य मन्त्रीको उपस्थितिमा पत्रकार सम्मेलन हुदै थियो।

मन्त्रालयको यो चरम लापरवाही हो । आजको समयमा प्रविधिको प्रयोग गरेर पत्रकार सम्मेलन गर्न सकिन्थो नि मन्त्रीज्यू ?

फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको विषयमा स्वास्थ्य मन्त्रालयले सोमवार पत्रकार सम्मेलन आयोजाना गरेको थियो।
प्रकाशित मिति : Monday, March 23, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal