कोरोनाको सन्त्रास : इटलीमा एकैदिन ७१२ को मृत्यु स्पेनमा ७१८

काठमाडौँ - कोरोना भाइरसका कारण निम्तिएको कोभिड–१९ का कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ । इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ । यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् । साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि यहाँ अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ ।

साथै, यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् । -एजेन्सी
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal