×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्टरनेट बन्द हुने हल्लाको पछि नलागौँ है ! आइस्पान भन्छ, ‘कुनै हालतमा लाइन काटिन्न’

काठमाडौं । लक डाउन अवधिभर पैसा भुक्तानी नगरे पनि इन्टरनेट नकाट्ने घोषणा इन्टरनेट सेवाप्रदायकहरुले गरेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले ग्राहकलाई राहत पुग्योस् भनेर उक्त निर्णय गरेको हाे । 
आइस्पानले चैत १८ गते सम्म (लक डाउन) अवधिसम्म नेट नकाट्ने र त्यसपछि भने ग्राहकले पैसा तिर्नुपर्ने बताएको छ । यदि त्यसबेलासम्म सरकारले लक डाउन समय थप गरेमा अर्को निर्णय गरिने पनि संघको बताएकाे छ । इन्टरनेट सेवाप्रदायकले अनावश्यक विषय वस्तुका लागि इन्टरनेट नखोल्न तथा सूचनामूलक कन्टेन्ट मात्र खोली सेवाप्रदायकलाई सेवा प्रवाह गर्ने कार्यमा सहयोग गर्न पनि आग्रह गरेकेाे छ ।
अहिले विश्वभर कोरोनाको कारण अन्तर्राष्ट्रिय स्तरमा व्यान्डवीथ खपत उच्च देखिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । उता, उपभोक्ताले भने लक डाउन समयमा इन्टरेनटको स्पीड निकै कम भएको तथा राम्रोसँग नचलेको गुनासोहरु सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: