×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धनुषामा लकडाउन उल्लंघन गर्ने २१ जना पक्राउ, मोटरसाइकल, अटो रिक्सालगायतका वस्तु बरामद !

जनकपुरधाम । धनुषामा लकडाउनको उल्लंघन गर्ने २१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
बिना काम घर बाहिर नजान आग्रह गरेको थियो । तर सरकारले गरेको उक्त आग्रह बिपरित चलेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार ९४ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र २ वटा ट्याक्टरलाईसमेत नियन्त्रणमा लिइएको छ ।
यसअघि मंगलबार धनुषा प्रहरीले लकडाउनको अवज्ञा गर्ने २६१ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको जीप तथा कार र चार वटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: