×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा खोल्न प्रशासनको आग्रह !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा खोल्न प्रशासनले आग्रह गरेको छ । फलफूल तथा तरकारीको अभाव हुन नदिन बजार दैनिक ७ घण्टा खोल्न प्रशासनले आग्रह गरेको हो । बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको बजार विकास समितिले जनाएको छ ।

बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यसबारे छलफल अघि बढेको बताएका छन् ।लकडाउनको पहिलो दिन मंगलबार बजारमा साढे ५ सय टन, दोस्रो दिन ३ सय ७० टन र बिहीबार २ सय २५ टन मात्रै तरकारी आएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा कालीमाटी प्रहरी वृत्तले सुरक्षा समन्वय गर्ने गरी बजार सञ्चालनको प्रस्ताव आएको तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले जानकारी दिए ।
कालीमाटीमा तरकारी र फलफूलका गरी ४५० वटा पसलहरु सञ्चालनमा छन् । माछा र अन्य केही गरी थप ५० बढी पसलहरुबाट दैनिक कारोबार हुँदै आएको छ । सामान्य अवस्थामा भने बजारमा दैनिक ९ सय टनभन्दा बढि तरकारी खरिद–बिक्री हुँदै आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: