कपिलबस्तुमा कोरोना कहर : लकडाउनमा खुलेका एटिएमहरुमा साबधानी नअपनाईदा उच्च जोखिम (फोटो फिचर)

कपिलबस्तु । कोरोनाको त्रासका कारण देश भर लकडाउन हुँदा कपिलबस्तुमा पनि त्यसको प्रभाव परेको छ । अधिकांस जनता घरमै बसेका छन् । तर जिल्लामा भएका केहि बैंकहरुले गरेको चरम असावधानीका कारण कोरोनाको त्रास झनै बढेको छ । र यसरी त्रास फैलाउन सबैभन्दा बढी लापरवाही गरेको बैंक हो- एनएमबि बैंक।
एनएमबि बैंकले एटिएम बुथमा सुरक्षा गार्ड नराख्दा एकैपटक दुइ वा सोभन्दा बढी व्यक्तिहरु पनि साना साना बुथमा छिरिरहेको देखिन्छ । यो उच्च जोखिमको चीज हो । सरसफाईको प्रबन्ध मिलाइएको छ, न सेनिटाईजर छ । यस्ता एटि एम खोल्नुभन्दा बन्द गर्नु जाति हुने स्थानीयहरुको भनाइ छ । 
एनएमबि बैंकले गरेको लापरवाहीका कारण अहिले स्थानीयहरु अन्य बैंकका एटि एम बुथमा गएर पैसा निकालिरहेको पाइन्छ । केहि समय अगाडी बैंकहरुले लकडाउन अवधिमा कुनै पनि बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने निर्णय गरेका थिए । अरु कपिलबस्तुको खबर सामान्य छ । उद्योग, कलकारखानाहरु बन्द भएका छन् । 
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal