कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने

काठमाडौं । व्यवसायिक घराना लक्ष्मी ग्रुपले कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले सञ्चालन गरेको कोरोनो भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

यसका साथै लक्ष्मी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनङका लागि फिबर क्लिक स्थापना गर्न पहल शुरु गरेको छ।

यस्ता क्लिनक स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराइने र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारका रुपमा काम गर्ने लक्ष्मी ग्रुपका प्रमुख अञ्जनश्रेष्ठले जानकारी दिए ।

फिबर क्लिनिकले कस्तालाई सेवा दिन्छ ?
१) पछिल्लो १४ दिनमा विदेशमा रहेका ।

२) जो कोभिड –१९ संक्रमित मानिसको सम्पर्कमा आएका छन् ।

३) सम्भावित लक्षणहरु जस्तै: ज्वरो वा ज्वरो बिना रुघाखकी देखिएकोमा ।

४) जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।

५) परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि । 

क्लिनिकको मूल उद्देश्य करोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधैनपठाइ क्लिनकमार्फत कोरोना भाइरस संक्रमण भए वा नभएको प्रारम्भिक जाँच गरिनेछ ।

जसले गर्दा अस्पतालका आपतकालीन विभाग का संक्रमण रोकथाम विभागका स्रोत साधनलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्नेछ। लक्ष्मी ग्रुपले देशभरका ५ वटा अस्पतालमा स्तो क्लिनिक स्थापना गर्नेछ ।

हालसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षेत्रीय अस्पताल पोखरासँग क्लिन स्थापना गर्न सम्झौता भइसकेको ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

अन्य देशहरुमा पनि यस्ता ज्वरोक स्क्रिनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा प्राथमिक रुपमा दबाब कम गर्न मद्दत पुर्याएक छ । जसले करोनाको व्यवस्थापन र रोकथाममा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालमा अहिले आएको कठीन परिस्थितीलाई सम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आ–आफ्नो क्षेत्रबाट सक्गो सहयग गर्न ल्क्षमी ग्रुपवे आह्वन गरेको छ ।
प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal