लकडाउनको चौथो दिन काठमाडौँका सडकहरुमा जे देखियो... भिडियोमा हेर्नुहोस् 'लकडाउन काठमाडौँ-४' (भिडियो)


काठमाडौँ । कोरोनाको सन्त्रासकाबीच सरकारले आह्वान गरेको लकडाउन चौथो दिनसम्म आइपुग्दा झनै प्रभावशाली बनेको छ । लकडाउनको चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान छन् । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । 

दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । हामीले लकडाउनको चौथो दिन 'एक राउण्ड- काठमाडौ' यात्रा गरेका छौँ । हेर्नुहोस् चौथो दिन सुनासान बनेका काठमाडौँका सडकहरु भिडियोमा :
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal