×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मास्क कालोबजारीको पराकाष्टा : सतुंगलबाट ६ लाख थान मास्क बरामद…!


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएसँगै मास्कमा कालोबजारी पनि उत्तिकै मौलाएको छ । प्रहरीले दिन प्रतिदिन लाखौँको संख्यामा मास्क बरामद गरिरहेको छ। जसले मास्कमा कालोबजारी बढिरहेको देखाउँछ।

सोही क्रममा काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: