मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने, चैत ७ गतेदेखि १७ गतेसम्म बुक क्लोज हुँदै

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त बित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्नको लागि आगामी चैत ७ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

मिर्मिरे लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त संस्था प्राप्ति गर्ने सम्बन्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी विशेष साधारणसभाले पारित गर्ने छ । संस्थाको विशेष साधारणसभा आगामी चैत १७ गते बस्दै छ ।

मिर्मिरे लघुवित्तको हालको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको ४५ प्रतिशत बोनस सेयर बाहेकको चुक्ता पुँजी हो । 
प्रकाशित मिति : Monday, March 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal