×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बल्ल आयो चुरो कुरो, लकडाउनका बेला एउटा बैंकमा बढीमा ७ जनालाई ‘सरकारी पास’, अरु सबैलाई बिदा !

काठमाडौं- लकडाउनका बेला बैंकहरुका कर्मचारीहरुलाई बिदा हुन्छ कि हुँदैन भन्ने बहस चलिरहेका बेला यससँग सम्बन्धित चुरो कुरो आएको छ । विद्युतीय कारोबार सुचारु राख्न प्रति बैंकलाई एउटामात्र पास दिइने भएको छ भने बैंकले प्रति बैंक यही कर्मचारी खटाउन सक्ने र बाँकी सबैलाई बिदा दिने गरी राष्ट्र बैंकको बैंकहरुलाई आन्तरिक सर्कुलर पठाउने तयारी गरेको छ । 
काउन्टर बन्द भए पनि एटिएममा पैसा राख्ने, विद्युतीय कारोबारका लागि प्रणाली अपडेट गर्नु पर्ने भएकाले कर्मचारीहरु कार्यालयसम्म जान  हरेक बैंकका केही कर्मचारीलाई पासको व्यवस्था गरिने भएको हो । 
यद्यपी सरकारले सात दिनसम्म लकडाउन गर्दाकाबखत बैंकका सम्पूर्ण काउन्टर बन्द हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी स्पस्थ पारे । बैंकहरुले मुख्य–मुख्य ठाउका केही काउन्टर आकस्मिक सेवाका लागि खुला गर्नेगरी तयारि गरिरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: