×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाविरुद्ध लड्न एनआरएनएले नेपाल सरकारलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो ।
कोरोना कोषमा विभिन्न संघसंस्थाले रकम जम्मा गर्ने घोषणा गरिसकेका छन् । सोही अनुसार गैरआवासीय नेपाली संघले  पनि स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने जनाएको छ।
संघका अध्यक्ष पन्तका अनुसार उक्त सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी भएको बताएका छन् । संघका महासचिव डा. हेमराज शर्माले उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको बताए । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधिसहितको एक कार्यदल गठन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: