नबिल बैंकको २० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं - नबिल बैंकले २० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरिएको छ । बैंकले चैत २ गतेबाट जारी गरेको ऋणपत्रमा तोकेको समय सबै बिक्री नभएपछि लगानीकर्ताले अब चैत १६ गतेसम्म आवेदन दिन पाउने भएका छन् । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले जारी गरेको ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गरेको छ । यस ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : Thursday, March 19, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal